काठमाडौं । सरकारले सहसचिव चुडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यस्तै, पर्यटन मन्त्रालयको प्रस्तावमा बैठकले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा तीन नेपाली र सात जना कोरियाली पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल १ र २ हिमाल आरोहण गर्दा लाग्ने शुल्क मिनाहा गर्ने निर्णय पनि गरेको छ ।