नेपालीले बनाएको यी रेकर्ड : जुन आईपीएलका महंगा खेलाडी तोड्न सक्दैनन्-Sutra News

नेपालीले बनाएको यी रेकर्ड : जुन आईपीएलका महंगा खेलाडी तोड्न सक्दैनन्

बिहिबार, ८ चैत्र २०८०

बिहिबार, ८ चैत्र २०८०

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को १७ औँ भोलिदेखि सुरु हुँदैछ । सन् २००८ देखि लिगको १६ औँ सिजन पूरा भएसँगै नयाँ सिजन सुरु हुन लागेको हो ।



प्रतियोगितामा एक हजारभन्दा बढी खेल खेलिएका छन् । हरेक वर्ष नयाँ-नयाँ कीर्तिमान बनाइन्छ । तर, अन्तर्राष्ट्रिय क्रिकेटका केही यस्ता कीर्तिमान छन्, जुन अहिलेसम्म यस लिगमा बन्न सकेको छैन ।

आईपीएलमा अहिलेसम्म कुनै पनि टोलीले एक इनिङमा तीन सयभन्दा बढी रन बनाउन सकेको छैन । यति मात्र होइन, एक ओभरमा ६ छक्कासमेत प्रहार गर्न सकेको छैन । यस्ता टप ५ कीर्तिमानका बारेमा विस्तृत जानकारी गरौँ ।

उच्चतम स्कोरमा नेपाल

सन् २०१३ मा बेङ्गलोरले पुणे वारियर्सविरुद्धको आईपीएलमा सर्वाधिक रन बनाएको थियो । त्यसपछि बेङ्गलोरले पाँच विकेटमा २६३ रन बनाएको थियो । योभन्दा ठूलो स्कोर अहिलेसम्म तीन पटक अन्तर्राष्ट्रिय खेलमा बनाइएको छ ।

सन् २०२३ मा नेपालले मङ्गोलियाविरुद्ध पहिलोपटक टी-२० अन्तर्राष्ट्रिय खेलमा तीन सयभन्दा बढी बनाएको थियो । उक्त खेलमा नेपालले ३१४ रनको कीर्तिमानी रेकर्ड बनाएको थियो ।

सबैभन्दा छिटो अर्धशतक

सबैभन्दा छिटो अर्धशतक बनाउने रेकर्ड पनि नेपाली खेलाडी दीपेन्द्र सिंह ऐरीकाे नाममा छ । उनले जम्मा नाै बलमा ५२ रन बनाउँदै अर्धशतक पूरा गरेका छन् । मङ्गोलियाविरुद्ध आठ छक्का र एक चौका प्रहार गर्दै उनले सबैभन्दा छिटो अर्धशतक बनाएका हुन् । यो रेकर्ड तोड्न मुस्किल रहेको छ ।

यसअघि सन् २००७ को टी २० विश्वकपमा युवराजले इंग्ल्याण्डविरुद्ध एक ओभरमा ६ छक्का प्रहार गर्दै १२ बलमा अर्धशतक पूरा गरेका थिए ।

आईपीएलको गत सिजनमा राजस्थान रोयल्सका ओपनर यशस्वी जैसवालले कोलकाता नाइट राइडर्सविरुद्ध १३ बलमा ५० रन बनाए । यो नै आईपीएलको सबैभन्दा छिटो अर्धशतक बनेकाे रेकर्ड हो ।

एक ओभरमा ६ छक्का

आईपीएलमा कुनै पनि ब्याट्सम्यानले एक ओभरमा लगातार ६ छक्का प्रहार गर्न सकेका छैनन् । तर, नेपालका दीपेन्द्र सिंह ऐरी मङ्गोलियाविरुद्ध लगातार छक्का प्रहार गरेका थिए । यस खेलमा उनले ९ बलमा अर्धशतक पूरा गरेका थिए ।

यस्तै, टी २० क्रिकेटमा दुईपटक यस्तो भएको छ । भारतका युवराज सिंह र वेस्ट इन्डिजका केरोन पोलार्डले यो ढाँचाको अन्तर्राष्ट्रिय खेलमा यस्तो गरेका छन् ।

दोहोरो ह्याट्रिक

आईपीएलमा अहिलेसम्म कुनै पनि खेलाडीले दोहोरो ह्याट्रिक गर्न सकेका छैनन् । क्रिकेटमा लगातार चार बलमा चार विकेट लिनुलाई डबल ह्याट्रिक भनिन्छ ।

अन्तर्राष्ट्रिय टी २० क्रिकेटमा चार खेलमा यस्तो भएको छ । श्रीलंकाका लसिथ मालिङ्गा र अफगानिस्तानका राशिद खानले सन् २०१९ मा आयरल्यान्डका कर्टिस क्याम्परले २०२१ र वेस्टइन्डिजका जेसन होल्डरले २०२२ मा यो उपलब्धि हासिल गरेका थिए । आईपीएलमा अहिलेसम्म यो कीर्तिमान बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट