लगातार तस्रोे दिन घट्यो नेप्से, कारोबार रकम बढ्यो-Sutra News

लगातार तस्रोे दिन घट्यो नेप्से, कारोबार रकम बढ्यो

बिहिबार, ८ चैत्र २०८०

बिहिबार, ८ चैत्र २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । गत मंगलबारदेखि घट्न सुरु भएको नेप्सेले आज पनि घटेर बन्द भएको हो ।



बिहीबार नेप्से परिसूचक १५.३७ अंक घटेर २०४८.५७ विन्दुमा पुगेको छ । नेप्से घटे पनि कारोबार रकम बढेको छ । आज चार अर्ब ३१ करोड ३० लाख रुपैयाँ बराबरको एक करोड ८५ लाख कित्ता शेयर खरिद बिक्री भएको हो ।

सर्वोत्तम सिमेन्टको शेयर निरन्तर तेस्रो कारोबार दिन सकारात्मक सर्किट लागेको थियो । गत मंगलबारदेखि कारोबारमा आएको कम्पनीको शेयर मूल्य, यस दिन ७३९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी, किसान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन एक अर्ब २१ करोड ३२ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट