काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालय सिंहदबारमा दुई नेताबिच भेटवार्ता भएकाे हाे ।
भेटमा समाजवादी मोर्चा, सरकारका काम कारबाही, प्रदेश भागबण्डालगायतका विषयमा छलफल भएको बुझिएको छ । केन्द्रमा नयाँ गठबन्धन बनाएका माओवादी र एमालेबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट हुन बाँकी छ ।
फागुन २१ मा नयाँ गठबन्धन बनेर एमाले सत्ता सहयात्री भएपछि प्रचण्ड र अध्यक्षबिचको भेटघाट र छलफल बाक्लिँदै आएको छ ।
यसअघि शुक्रबार बिहान बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकमा एमालेलाई समेत सहभागी गराउनेबारे छलफल भएको थियो । त्यसअघि बिहीबार बेलुका नेकपा महासचिव विप्लव र नेता प्रकाण्ड ओली निवास बालकोट पुगेर २ घण्टा छलफल गरेका थिए ।
नेताहरूले बताएअनुसार समाजवादी माेर्चाकाे बैठकमा भएकाे छलफलबारे पनि प्रचण्ड र ओलीबिच छलफल चलेकाे बुझिएकाे छ ।