काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चामा सहभागी हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको प्रस्ताव अस्वीकार गरेका छन् ।
सिंहदरबारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि ओलीले समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन् । उनले अहिलेको समसामायीक विषयमा राम्रै कुरा भएको प्रतिक्रिया दिए ।
दुई नेताबीच संसदमा कांग्रेसको विरोध, संक्रमण कालीन न्यायसम्बन्धी विधेयकलगायतका पिषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । यसअघि शुक्रबार बसेको चार दलीय समाजवादी मोर्चाको बैठकमा एमालेलाई मोर्चामा सहभागी गराउने बारे छलफल भएको थियो ।
चार दलीय समाजवादी मोर्चाको बैठकमा एमालेलाई पनि समावेश गराउन निर्णय भएसँगै यसबारे एमाले अध्यक्ष ओलीसँग कुरा गर्न प्रचण्डलाई जिम्मा दिएको थियो ।