शनिबार मेष, कर्कट र तुलाको दिन शुभ, तपाईंको राशी कस्तो ?-Sutra News

शनिबार मेष, कर्कट र तुलाको दिन शुभ, तपाईंको राशी कस्तो ?

शनिबार, १० चैत्र २०८०

शनिबार, १० चैत्र २०८०

आज मिति विं.सं. २०८० चैत १० गते शनिबार । सन् २०२४ मार्च २३ तारिख । नेपालमा सूर्योदय बिहान ६ः४ बजे भयो भने सूर्यास्त साँझ ६ः१६ बजे हुनेछ ।



मेष

नसोचेको काम बन्ने दिन छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ भने मिष्ठान्न भोजनको अवसर आउला । मित्रजनसँग रमाइलो पनि भेटघाट हुने योग छ । व्यापार–व्यवसायबाट राम्रै आम्दानी हुनसक्छ । पराक्रम बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

बृष

चुनौतीपूर्ण दिन छ । कुनै पनि महत्वपूर्ण काममा फुकी(फकी पाइला चाल्नु हितकर होला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुने योग भएकोले सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । आजको दिन खानपानमा पनि सजग रहनुपर्नेछ । अनावश्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ र आफन्तको साथ मिल्ने समय छ ।

मिथुन

विवेकको सही प्रयोग भइ चिताएको काममा सफलता पाइने समय छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आरोग्यता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रा सुखद रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

रोकिएका काम बन्ने र आयआर्जन हुने दिन छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । यात्रागत कार्य सफल होला । आश मारेको रकम उठ्न सक्ने योग छ । मनमा कता कता हर्ष छाउला । दोडधुप बढेपनि मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह

आयबल बढ्ने र मित्रजनको साथ मिल्ने समय छ । घरमा पाहुना आगमन हुनसक्छ । धनलाभ होला, साथै रमाइलो यात्राको पनि योग रहेको छ । तथापि, आज टाढाको यात्रा र लेनदेको काम नगर्नु वेश हुनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति रहला ।

कन्या

समय त्यति शुभदायी नरहेकोले विशेष सावधानीका साथ व्यवहार गर्नुहोला । स्वास्थ्यका लागि खानामा ध्यान राख्नुपर्नेछ । अनावश्यक रुपले धनको नाश हुन सक्छ । दाम्पत्य सम्बन्ध वा प्रेममा पनि धोका हुन सक्ने योग छ । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम गर्न मुस्किल पर्ला । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

भाग्य वृद्धि हुनेछ । आजको दिन मन हर्षित रहला । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । आहारविहारमा भने विशेष सतर्क रहनु हितकर हुनेछ । शुभ काममा आकर्षण बढ्नेछ भने कार्य व्यपारमा सफलता प्राप्त होला ।

बृश्चिक

परिवारजनका इच्छा पूरा गर्न सकिने समय छ । अध्ययन(अध्यापनका सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । आफन्तजनसँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । कृषिक्षेत्रमा भने अलिक बढी परिश्रम र लगानी गर्नुपर्ला । शुभ काममा दौडधुप बढ्न सक्छ । आरोग्यता बढ्नेछ ।

धनु

साझेदारीको काम बन्ने समय छ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित होला । काम गर्नमा जाँगर थपिने देखिन्छ । पारिवारिक सुख मिल्ने र धनार्जन हुने योग छ । ब्यापारमा पनि फाइदा नै हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलताप्राप्ति भने त्यति सहज नहोला । ब्यर्थै समयको नाश हुने र खर्च बढ्ने योग रहेकोले सोचेर मात्र काममा पाइला बढाउनु हितकर होला । मनमा उदासिन्ता बढ्ने र काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन् । विश्वास गरेकाले धोका दिन सक्छन्, सावधान रहनुहोला । प्रतिकुलताका बाबजुद आफ्नो दायित्व पूरा गर्नुहुनेछ । यात्रा सफल रहला ।

कुम्भ

आजको दिन सामाजिक काममा नाम रहने छ । जागिरमा भने सजक रहनु हितकर होला । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । आर्थिकलाभ हुनेछ तर मनमा भने दुविधा उत्पन्न हुन सक्ने दिन छ । प्रेममिलनको योग छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन

प्रेम र मित्रताको बन्धन कसिने समय छ । विभिन्न सहयोग र उपहार पाइएला । यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ । व्यस्तता र आरोग्यता बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । सुख विलास बढ्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट