काठमाडौं । तनहुँमा बस दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते भएका छन् । प्रहरीका अनुसार काठमाडौं आउँदै गरेको बा १ प ११३९ नम्बरको बस पल्टिएको हो ।
बसमा २६ जना यात्रु सवार थिए । घाइते हुनेमा ६८ वर्षीय छुचेङ, ६७ वर्षीय काओमेङ, ५० वर्षका सुनलि, ७० वर्षीय लियोया छिङ, ६२ वर्षीय वाङ वि दोङ, ५७ वर्षीय हौछायो लि रहेका छन् ।
उनीहरूको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारमा उपचार भइरहेको छ ।