कञ्चनपुर । गरिबीको रेखामुनि रहेका परिवारलाई मर्यादित जीवन जिउनका लागि शुक्लाफाँटा नगरपालिकाले सुरक्षित आवास निर्माण गर्न अनुदान रकम उपलब्ध गराएको छ ।
पराल, खर, स्याउला र टायलका छाना भएका घरमा जस्तापाता राख्न सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अनुदान प्रदान गरिएको हो । कार्यक्रमअन्र्तगत छाना फेर्न निवेदन दिएका २५४ परिवारलाई अनुदानको रकम बैंकमार्फत उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
पहिलो चरणमा प्रथम किस्तावापत १११ परिवार, दोश्रो चरणमा ५५ परिवार र तेश्रो चरणमा ८८ परिवारलाई ३० हजारका दरले अनुदान रकम उपलब्ध गराइएको हो ।
छाना फेर्न अधिकतम ५० हजार दुई किस्ताका रुपमा उपलब्ध गराउने प्रावधान अनुसार पहिलो किस्तावापत उक्त रकम प्रदान गरिएको हो । सहरी विकास विभाग संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीले कार्यक्रमअन्तर्गत छाना फेर्न निवेदन दिएकामध्येबाट पराल, खर, स्याउला, टायलको छानो भएकालाई आगो, पानी तथा हुरीबाट प्रभावित हुनसक्ने भएकाले अनुदानको व्यवस्था गरेको जनाइएको छ ।