काठमाडौं । वानीरा फाउण्डेसनले सात दशकदेखि सिर्जना र चलचित्रमा समर्पित रही योगदान गरेका तीन जना स्रष्टालाई सम्मान गर्ने भएको छ ।
कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पुर्याएवापत प्रा. पुष्कर लोहनीलाई एक लाख राशिको ‘वानीरा प्रज्ञा पुरस्कार, नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेवापत रु एक लाख राशिको ‘वानीरा शंकर पुरस्कार’ मदनदास श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको हो ।
कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको सम्वद्र्धनमा उल्लेख्य योगदान दिएवापत श्रीमती अनिता तुलाधरलाई ५० हजार राशिको ‘वानीरा पुरस्कार’ प्रदान गर्ने निर्णय भएको फाउन्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।
साहित्यकार डा. वानीरा गिरीको स्मृतिमा स्थापित सो फाउन्डेसनको संस्थापक, संरक्षक तथा दाता शंकर गिरी र अध्यक्ष इन्दिरा प्रसाईं छन् ।