मस्कोको आक्रमणमा संलग्न दोषीलाई कानूनी कठघरामा ल्याउन नेपालको माग-Sutra News

मस्कोको आक्रमणमा संलग्न दोषीलाई कानूनी कठघरामा ल्याउन नेपालको माग

शनिबार, १० चैत्र २०८०

शनिबार, १० चैत्र २०८०

काठमाडौं । नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार सांगीतिक कार्यक्रममा आतंकवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ ।



परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत रुसका जनता र सरकारका साथै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । ‘नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतंकवादको निन्दा र भत्र्सना गर्दछ, आतंकवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नु पर्ने धारणा राख्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले मस्कोमा आतंकवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडो कानूनी कठघरामा ल्याउनु पर्ने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट