५५ रोपनीमा लगाइएको अफिमखेती फँडानी-Sutra News

५५ रोपनीमा लगाइएको अफिमखेती फँडानी

शनिबार, १० चैत्र २०८०

शनिबार, १० चैत्र २०८०

काठमाडौं । रुकुम पश्चिमका विभिन्न ठाउँमा लगाइएको लागू औषध अफिमखेती फँडानी गरिएको छ । आठबीसकोट र मुसिकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकाका विभिन्न ठाउँमा ९५ रोपनी जग्गामा लगाइएको अफिमखेती फँडानी तथा नष्ट गरिएको हो ।



आठबीसकोट–१ स्याला र २ को कालजुरा भन्ने ठाउँमा ६० रोपनीमा लगाइएको अफिमखेती फँडानी तथा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार सानीभेरी ३ का तिमिले, कमैदे र काफिगैरामा २९ रोपनी, मुसिकोट ८ घोरखानीमा एक रोपनी र आठबीसकोट ३ दाङ भन्ने स्थानमा पाँच रोपनी गरेर जम्मा ९५ रोपनी जग्गामा लगाइएको अफिमखेती नष्ट गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए ।

पाँच दिनको अवधिमा ९५ रोपनी जग्गामा लगाइएको अवैध लागू औषध अफिमखेती नष्ट गरिएको हो । ग्रामीण बस्ती तथा जङ्गलको बीचमा अफिमखेती बढी लगाउने गरेको पाइएको छ । अवैध मानिएको अफिमखेती लुकीछिपी लगाउने गरिएको छ । सूचना प्राप्त गरेसम्म जिल्लामा हरेक वर्ष अफिमखेती नष्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट