तार चुँडिएर करेण्ट लाग्दा एकै परिवारका तीन जनाको निधन-Sutra News

तार चुँडिएर करेण्ट लाग्दा एकै परिवारका तीन जनाको निधन

शनिबार, १० चैत्र २०८०

शनिबार, १० चैत्र २०८०

काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिकामा विद्युतको तार चुँडिएर करेण्ट लाग्दा एकै परिवारको तीन जनाको मृत्यु भएको छ ।



शनिबार दिउँसो विद्युत्को तार चुडिएर करेण्ट लाग्दा राप्ती गाउँपालिका ३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीया दिलसरा र उनीहरूका चार वर्षीय नाती कृष्णको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरअगाडि खेलिरहेका नातीलाई करेण्ट लागेपछि बचाउन गएका उनीहरूको पनि करेण्ट लागेको थियो । तीनै जना गम्भीर घाइते भएका थिए ।

घाइतेमध्ये हजुरआमा र नातीको लमही अस्पतालमा र हजुरबुबाको बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट