आईपिएल क्रिकेट: राजस्थान र लखनउ तथा गुजरात र मुम्बई भिड्दै-Sutra News

आईपिएल क्रिकेट: राजस्थान र लखनउ तथा गुजरात र मुम्बई भिड्दै

आइतबार, ११ चैत्र २०८०

आइतबार, ११ चैत्र २०८०

काठमाडाैं । इण्डियन प्रीमियर लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै पञ्जाव किंग्सले विजयी सुरुवात गरेको छ । दिल्लीले दिएको १७५ रनको लक्ष्य पछ्याएको पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्दै आईपिएलमा उत्कृष्ट सुरुवात गर्दा शनिबार नै भएको अर्को खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादमाथी ४ रनको रोमाञ्चक जित निकालेको छ ।



टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले खराब सुरुवातका बाबजुद बिग हिटर आन्द्रे रसेलले २५ बलमा ६४ रनको योगदान दिएपछि २०९ रनको लक्ष्य पछ्याएको सनराईजर्स हैदरावादले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रनमात्रै बनाएपछी कोलकाताले ४ रनको रोमाञ्चक जित निकालेको हो ।

सनराइजर्सका लागी हेनरिक क्लासेन, मयंक अग्रवाल र अभिशेक शर्माले दमदार प्रयास गरेपनि त्यो जितको लागी पर्याप्त बन्न भने सकेन । यो जितसँगै कोलकाता र पञ्जावले विजयी सुरुवात गर्दै आईपिएलको १७ औं सिजन सुरु गर्दा दिल्ली र सनराईजर्सले हार सहित सिजनको सुरुवात गरेका छन् ।

शुक्रबारदेखि औपचारिक उद्घाटन भएको आईपिएलमा शुक्रबार एक तथा शनिबार २ खेल भएकोमा आइतबारपनि दुई खेल नै हुँदैछन् । आज हुने पहिलो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट आमनेसाममे हुँदै छन् । आईपिएको पहिलो सिजनको विजेता रहेको राजस्थान सन् २०२२ मा उपविजेता बनेको थियो । सञ्जु सामसनको कप्तानीमा आईपिएलको नयाँ सिजन सुरु गर्न लागेको राजस्थानमा उत्कृष्ट भारतीय र चर्चित विदेशी खेलाडीको कम्बिनेशन छ ।

त्यसैगरी आफ्नो आईपिएल इतिहासमा तेस्रो सिजन प्रतिस्पर्धामा उत्रन लागेको लखनउ सुपर जायन्ट यसअघिका दुबै सिजनमा प्लेअफसम्म पुगेको इतिहास छ । लखनउ सुपर जायन्टको कप्तानी भने केएल राहुलले सम्हालेका छन् । राजस्थान रोयल्स र लखनउ सुपर जायन्टबिचको खेल दिउँसो ३:४५ बजेदेखि सुरु हुँदै छ ।

यस्तै आजै साँझ ७:४५ देखि हुने दोस्रो खेलमा गुजरात टाइटन्सले आईपिएल इतिहासकै सबैभन्दा सफल मध्येको मुम्बई ईण्डियन्सको सामना गर्दै छ । भारतीय क्रीकेट टिमका कप्तान रोहित शर्माको प्रेरणामा रहेको मुम्बई ईण्डियन्सको कप्तानी हार्दिक पाड्याले सम्हाल्दै छन् ।

हार्दिकले गुजरात छोडेर मुम्बईको कप्तानी सम्हाल्दा पहिलो खेलमा नै आफ्नै पूर्व क्लब गुजरातको सामना गर्नुपर्ने भएको छ । पाँच पटक आईपिएलको उपाधी जितेको मुम्बई २०१० मा उपविजेता बन्दा अघिल्लो सिजनमा प्लेअफबाट बाहिरिएको थियो । धेरैजसो भारतीय खेलाडीमा निर्भर रहने मुम्बईमा केही उत्कृष्ट विदेशी खेलाडीसमेत अनुबन्धित छन् ।

गुजरातको कप्तानी छोडेर हार्दिक मुम्बई लागेपछि शुभमन गिलले गुजरातको कमान्ड सम्हालेका छन् । आईपिएलको डेब्यु सिजनमा विजेता, गएको सिजन उपविजेता बनेको गुजरात समग्रमा तेस्रो पटक आईपिएल खेल्दै छ । रिद्विमान शाह, राहुल तेवातिया, उमेश यादव जस्ता स्टार खेलाडीको पाएको गुजरातमा केन विलियम्सन जस्ता उत्कृष्ट विदेशी खेलाडीको साथले गुजरातले यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको छ ।

यसपटकको आईपिलको सुरुवात कस्तो चलिरहेको छ ? आज हुने राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट तथा गुजरात टाइटन्स र मुम्बई ईण्डियन्स विचको खेलमा कुन-कुन टिमले जित निकाल्ला ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट