काठमाडाैं । सत्तारुढ नेकपा (एमाले) को सचिवालय बैठक बस्दैछ। बैठक साढे ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु हुने एमालेले जनाएको छ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, आगामी वैशाख १५ गते हुने उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ।
विशेषगरी सत्ता साझेदार दलहरूले समाजवादी माेर्चामा आबद्ध हुन गरेकाे आग्रहबारे पनि बैठकमा छलफल हुने जनाइएकाे छ ।