उपनिर्वाचनका लागि एमालेले टुंग्यायाे उम्मेदवार : इलाम-२ मा सुहाङ नेम्वाङ-Sutra News

उपनिर्वाचनका लागि एमालेले टुंग्यायाे उम्मेदवार : इलाम-२ मा सुहाङ नेम्वाङ

आइतबार, ११ चैत्र २०८०

आइतबार, ११ चैत्र २०८०

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)ले उपनिर्वाचनका लागि उम्मेदवार टुंगाे लगाएकाे छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएकाे हाे ।



एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जनाएअनुसार इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङ उम्मेदवार बन्नेछन् भने बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभाबाट दमनबहादुर भण्डारी उम्मेदवार बन्नेछन् ।

इलाम-२बाट उम्मेदवार बनेका सुहाङ एमालेका तत्कालीन उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा हुन् । नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र खाली थियो ।

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २४ गते मनोनयन दर्ता गरिसक्नुपर्छ ।

यसअघि सत्तारूढ दलहरूभित्र पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष झलनाथ खनाललाइ उम्मेदवार बनाउने चर्चा चलेकाे थियाे । यद्दपि, एमालेले उम्मेदवार टुंगाे लगाएसँगै खनालकाे सम्भावना टरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट