नुहाउन गएका तीन बालबालिका सुनकोशीमा बेपत्ता-Sutra News

नुहाउन गएका तीन बालबालिका सुनकोशीमा बेपत्ता

आइतबार, ११ चैत्र २०८०

आइतबार, ११ चैत्र २०८०

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् ।



उनीहरु नुहाउन नदीमा जाँदा आज दिउँसो वेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा त्रियुगा –१४ साउनेका ११ वर्षीया बालिका रेखा मगर, सोही स्थानका बालकद्वय ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन् ।

त्रियुगा –१४ का वडाअध्यक्ष हेमराज मगरका अनुसार उनीहरु आज दिउँसो होली खेलेर सुनकोशी नदीमा नुहाउनेक्रममा बेपत्ता भएका हुन् ।

पाँच जना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि दुई जना चाहिँ निक्लन सफल भएका थिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले सुनकोशीमा बेपत्ता भएका बालबालिकाको जारी राखेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट