मेष, कर्कट र बृश्चिक राशीको काम बन्ने, तपाईंको दिन कस्तो ?-Sutra News

मेष, कर्कट र बृश्चिक राशीको काम बन्ने, तपाईंको दिन कस्तो ?

सोमबार, १२ चैत्र २०८०

सोमबार, १२ चैत्र २०८०

आज मिति विं.सं. २०८० चैत १२ गते सोमबार । सन् २०२४ मार्च २५ तारिख । आज नेपालमा सूर्योदय बिहान ६ः१ बजे भने सूर्यास्त साँझ ६ः१७ बजे हुनेछ ।



मेष

आजको दिन मनोरञ्जनपूर्ण रहला । फुर्सदको अनुभूति र मनमा प्रशन्नता मिल्नेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्ने योग छ । खर्च र व्यवस्तता सामान्य बढ्ला । अरुको भरमा नबसी आफ्नै बल विवेकले काम गर्नु हितकर हुनेछ ।

बृष

पराक्रम बढ्ने तथा अप्रत्याशित लाभ हुने समय छ । नयाँ कामका स्रोत फेला पर्लान् । काममा प्रशस्त मात्रामा मन जानेछ भने व्यवसायमा थप लगानी बढाउन सकिने दिन छ । मित्रजनको साथ प्राप्त हुनेछ । मिठो भोजन प्राप्त होला । आरोग्यता र सुख बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण रहला । आफन्तको साथ मिल्नेछ ।

मिथुन

आजको दिन केही चुनौतीपूर्ण रहला । पीडा दिनेहरूको सक्रियता बढ्न सक्छ । स्वास्थ्य सामान्य कमजोर रहन सक्ने योग भएकोले खानपानमा विशेष सतर्कता अपनाउनु हितकर हुनेछ । ब्यर्थको खर्च र अनावश्यक झमेलामा पर्नुबाट बच्ने कोशिस गर्नुहोला परिएला । आरोग्यता बढ्नेछ भने यात्रा सफल रहला ।

कर्कट

रमाइलो तरिकाले कामहरु गर्न पाइने दिन रहेको छ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । कसैबाट समर्थन प्राप्त हुने समय छ । मिठो भोजन प्राप्त होला । रसराग एवम् खेलकुदजन्य कर्ममा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नतिको योग छ ।

सिंह

नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुनेछ । सोचेभन्दा बढी नै लाभ होला । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ भने आर्थिक क्षेत्रमा उन्नतिको योग छ । लगानी बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काम सफल रहला ।

कन्या

लामो यात्राको प्रक्रिया अघि बढ्ने समय छ । मित्रजन एवम् घरपरिवारबाट सुख शान्ति मिल्ला । धनमाल कमाउने दिन छ । यात्रा सफल रहला । फसेको लगानी उठ्ने सम्भावना छ । आयबल बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त होला । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

आज सोच्दै नसोचेको ठाउँमा पैसा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । मनमा चिन्ता बढ्ने योग छ । धनमाल हराउन सक्छ, सावधान रहनुहोला । कर्मबल भने वृद्धि हुनेछ । शुभ काममा आकर्षण बढ्नेछ । सफलताका लागि व्यवहारमा संयमता अपनाउने विशेष प्रयास गर्नुहोला ।

बृश्चिक

भाग्यबल र शुभता वृद्धि हुनेछ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । खर्च भने बढ्ने र लेनदेनमा विवाद हुन सक्ने समय छ । बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । आरोग्यता रहला । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । सुख सुविधाको वस्तु खरिदमा खर्च होला । योजना र बजेट बनाएर मात्र आर्थिक कारोबार गर्नु हितकर हुनेछ । शत्रुपक्ष परास्त होलान् ।

धनु

नयाँ कामका योजनाहरु बन्नेछन् भने बचतको प्रवल सम्भावना छ । व्यापारमा सफलता मिल्नेछ । यात्राको अवसर जुर्ला । जोखिम र दौडधुप समान्य रूपमा बढ्न सक्छ । कठोर मिहिनेतले कार्यमा सफलता दिलाउला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

रमाइलो तरिकाले कामहरु गर्न पाइने समय छ । नयाँ कामका योजनाहरू बन्न सक्छन् । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । अधुरा काम बन्ने योग छ । नोकरी तथा राजनीतिमा सफल भइएला । साझेदारीको काम बन्नेछ । दामपत्य सुख र आरोग्यता बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रापद कार्य सफल रहला ।

कुम्भ

परिश्रमले काममा रुचि बढने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला, तर आजको दिन वादविवादबाट बच्न विशेष प्रयत्न गर्नु हितकर हुनेछ । आगो र मेसिनरी सामग्रीबाट जोगिनुपर्ने देखिन्छ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्, सचेत रहनुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन

स्वास्थ्यका दृष्टिकोणले समय राम्रो भए पनि मनमा त्यसै–त्यसै डर रहन सक्छ । आर्थिक लाभ होला । व्यापारमा सफलता पाउने यात्रामा रमाउने तथा भेटघाटबाट सहयोग प्राप्त हुने योग छ । प्रेमभाव र सन्तानसुख बढ्नेछ । आरोग्यता रहला । समस्याको समाधान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट