धेरैजसो मानिसलाई कानमा इयरफोन लगाएर खुल्ला बसेर वा कुनै काम गर्दा गीत सुन्ने बानी हुन्छ। मानिसहरु चर्को स्वरमा गीत सुन्न रुचाउँछन् तर, के तपाईलाई थाहा छ चर्को स्वरमा गीत सुन्नु तपाईको लागि खतरा हुन सक्छ ।
आज हामी यस रिपोर्टमा तपाईलाई इयरफोन वा इयरबडको अत्याधिक प्रयोगले हुने पक्षघातकाे जाखिमबारे बताउनेछाैं ।
एयर फोनबाट खतरा हुनेछ
इयरफोनको अत्यधिक प्रयोगले स्वास्थ्य समस्या निम्त्याउन सक्छ। तपाईलाई भनौं कि चर्को इयरफोनको प्रयोगले श्रवण शक्ति कम हुन्छ। यसका साथै, टाउको दुख्ने र चक्कर लाग्ने समस्या पनि हुन सक्छ ।
एयरफोनले कानमा ब्याक्टेरिया र फोहोर जम्मा गर्न सक्छ, जसका कारण कानमा संक्रमण हुने सम्भावना रहन्छ ।
चर्को आवाजमा लगातार इयरफोन लगाउनाले बहिरोपन, टाउको दुख्ने, इन्फेक्सन, मस्तिष्कमा क्षति हुने जस्ता समस्या हुन सक्ने विज्ञहरू बताउँछन् । विज्ञहरूका अनुसार इयरफोन धेरै प्रयाेग गर्ने व्यक्तिलाई पक्षघातकाे जाेखिम उच्च रहन्छ ।
त्यसकारण इयरफोनकाे जथाभावी प्रयाेगलाई आजैबाट रोकिनुपर्छ ।
यसरी गर्नुहाेस् कानकाे रक्षा
कानमा इयरफोनको लगातार प्रयोगले गर्दा मानिसले धेरै रोगको सामना गर्नुपर्ने हुन्छ । यसो गर्दा तपाईलाई यसको लत लाग्न सक्छ।
यी रोगहरूबाट बच्नका लागि तपाईंले केही उपायहरू अपनाउनु पर्छ, जस्तै इयरफोन कम भोल्युममा प्रयोग गर्ने, सुत्दा इयरफोन प्रयाेग नगर्ने, बारम्बार कान सफा गर्ने । विशेषज्ञहरू एक पटकमा ३० मिनेटभन्दा बढी इयरफाेन प्रयाेग नगर्न सुझाउँछन् । एजेन्सीबाट