काठमाडौं । नेकपा एमाले सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् ।
नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
यस्तै, उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला)मा टिकाराम सोमै निर्वाचित भएका एमाले सुर्खेतले जनाएको छ ।
यसैगरी महिला (सचिव)मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छन् । सदस्य पदको मत गणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।