काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी पहिलो मैत्रीपूर्ण खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । आयरल्याण्ड ‘ए’विरुद्ध बलिङ गरेको नेपालका लागि गुल्सन झाले तेस्रो विकेट लिएका हुन् ।
यसअघि करण केसी र ललित राजवंशीले एक-एक विकेट लिएका थिए । चौथो ओभरको अन्तिम बलमा ललितले आयरल्याण्डका केड कारमाइकललाई ८ रनमा एलबिडब्यु गरेका हुन् ।
खेलको पहिलो ओभरको दोस्रो बलमै नेपालका केसीले नेपालका लागि पहिलो सफलता दिलाएका थिए ।