काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आगामी वैशाखमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने तयारी भइरहेको बताएका छन् ।
काभ्रेमा आयोजित पार्टीको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीलाई सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सम्भव भएसम्म उपनिर्वाचनमा एक्लै चुनाव लड्ने पार्टीको तयारी रहेको बताए ।
उनले इलाममा उम्मेद्वारी दिने विषयमा माओवादी केन्द्र र समाजवादी मोर्चाभित्र छलफल गर्ने भन्दै बझाङमा उम्मेदवार खडा गर्न कसैले रोक्न नसक्ने स्पष्ट पारे ।
उनले सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीसँग छलफलका क्रममा उपनिर्र्वाचनमा उम्मेदवार उठाउने जानकारी गराएको बताए ।