केही स्थानमा वर्षा हुँदै, दिउँसोको मौसम कस्तो ?-Sutra News

केही स्थानमा वर्षा हुँदै, दिउँसोको मौसम कस्तो ?

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण कोशी र मधेश प्रदेशमा बदली तथा बाँकी पहाडी भागमा आंशिक बदली रही तराईमा मौसम सफा रहेको छ ।



अहिले कोशी प्रदेशका केही स्थान र मधेश प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशका थोरै स्थानमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशभर आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट