गुल्सन आउट हुँदा नेपालको चौथो विकेट पतन-Sutra News

गुल्सन आउट हुँदा नेपालको चौथो विकेट पतन

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आयरल्यान्ड ‘ए’सँग मैत्रीपूर्ण खेलमा नेपालले चौथो विकेट गुमाएको छ । गुल्सन झाले अर्धशतक बनाउन चुक्दा चौथो विकेट पतन भएको हो ।



दोस्रो टी २० खेलमा गुल्सनले ३२ बल खेल्दै ४६ रन बनाए । यस क्रममा उनले एक चौका र चार छक्का प्रहार गरे ।

यसअघि नेपालले तेस्रो विकेटका रूपमा अनिल साहलाई गुमाएको थियो । उनले ११ बलमा दुई चौकाको मद्दतले १२ रन बनाउँदै पेभेलियन फर्किए ।

यस्तै, ओपनरद्वय कुशल भुर्तेलले २५ रन बनाउँदा आशिफ शेखले ११ रन बनाएर आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट