घरमा चट्याङ लागेपछि एकै घरका तीन घाइते-Sutra News

घरमा चट्याङ लागेपछि एकै घरका तीन घाइते

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

मुग्लिन । चितवनमा चट्याङ लागेर तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका १ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा चट्याङ परेको हो ।



चट्याङबाट सोमबहादुर चेपाङका श्रीमती ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीय छोरी मनिषा र १२ वर्षीय छोरा रामबहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

सानुमाया तथा मनिषा सामान्य घाइते भएका र उनीहरुको हात्तीवाङ काउले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए । छोरा रामबहादुरको भने हातखुट्टा, पेट र अनुहार डढेकाले उनको आधारभूत अस्पताल कुरिनटारमा उपचार भइरहेको छ ।

चट्याङबाट एक कोठे कच्ची घर जलेर पूर्ण रुपमा नष्ट भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट