काठमाडौं । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले शान्ति सुरक्षा कायम गर्न र मानिसको आगमनलाई प्रभावित हुन नदिन काठमाडौंका विभिन्न स्थानमा गरिएको निषेधित क्षेत्र जायज भएको दाबी गरेका छन् ।
यसैबीच निषेधित घोषणा गरिएका क्षेत्रको विकल्प दिने गरी छलफल भइरहेकोउनको भनाइ थियो । बुधबार राज्य व्यवस्था समितिको बैठकमा उपस्थित गृहसचिव अर्यालले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा ५ जनाभन्दा बढी जम्मा हुन नपाउने गरी निषेधित क्षेत्र जानकारी दिए ।
सरकारले काठमाडौंको माइतीघर, नयाँ बानेश्वर, बालुवाटार र ललितपुरको मन्त्री निवासलगायत क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने र धर्ना, जुलुस जस्ता गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेका छन् ।
निषेधित क्षेत्र तोकिएसँगै अभियन्ताहरूले त्यसको विरोध गर्दै खुला गर्नु पर्ने माग राख्दै आएको छ ।