काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सुविधा र अधिकार भन्दै नेपाल प्रहरी कसैको भाडा माझेर र कपडा धोएर बस्न नसक्ने बताएका छन् ।
‘अधिकार दुरुपयोग नहोस् भन्ने कुरामा म स्पष्ट छु, कसैले यसलाई प्रतिष्ठाको विषय बनाउने, कसैले कानूनले दिएको अधिकारभन्दा बाहिर गएर दुरुपयोग गर्न अब पाइँदैन,’ राज्य व्यवस्था समितिमा उनले भने ।
प्रतिनिधि सभाअन्तर्गतको समितिका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले प्रहरीको अधिकारबारे यस्तो बताएका हुन् ।