काठमाडौं । सुन कोशीमा बेपत्ता भएका थप दुई बालबालिकाको शव भेटिएको छ । धाप्लाङ घाटभन्दा करिब एक किलोमिटर तल ८ वर्षीय चोकलचन्द्र मगर र ११ वर्षीया रेखा मगरको शव उत्रिएको अवस्थामा भेटिएको हो ।
सशस्त्र प्रहरीका अनुसार शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । मंगलबार ९ वर्षीय रिदम मगरको शव भेटिएको थियो ।
उदयपुरको त्रियुगा नगरपालिका १४ स्थित धाप्लाङमा आइतबार होली मनाएर पौडी खेल्न गएका ३ बालबालिका बेपत्ता भएका थिए ।