रवि लामिछानेदेखि जीबी राईसम्म आईजीपीको बिफ्रिङ, मलेसिया सरकारप्रति असन्तुष्टी-Sutra News

रवि लामिछानेदेखि जीबी राईसम्म आईजीपीको बिफ्रिङ, मलेसिया सरकारप्रति असन्तुष्टी

बुधबार, १४ चैत्र २०८०

बुधबार, १४ चैत्र २०८०

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले जीबी राईलाई मलेसिया सरकारको असहयोग हुँदा पक्राउ गर्न कठिन भएको बताएका छन् ।



सिंहदरबारमा बुधबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उनले इन्टरपोलमार्फत् रेड नोटिस जारी भए पनि मलेसिया सरकारको असहयोगका कारण पक्राउ गर्न नसकिएको बताए ।

जीबी राईलाई पक्राउ गरेर नेपाल ल्याउने विषयमा गृह मन्त्रीले समेत तत्परता देखाएको महानिरीक्षक कुँवरको भनाइ थियो । उनले सहकारीसँग जोडिएका गृहमन्त्री रवि लामिछाने विषयमा विभिन्न कोणबाट बहस भए पनि अहिलेसम्म कुनै प्रमाण फेला पर्न नसकेको दाबी गरे ।

यस्तै, महानिरीक्षक कुँवरले पीएसओ र गाडी छाडेर हिँडेपछि शंका उत्पन्न भएकाले माओवादी उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्ण बहादुर महरालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको स्पष्ट बताए ।

उनले कांग्रेस सांसद विनोद चौधरीको पासपोर्ट सिज नगरिएको र एक दिनमा बयान सकिने भएकाले प्रक्राउ नगरिएको स्पष्ट पारे । बयान लिँदा व्यक्तिगत स्वतन्त्रताको अतिक्रमण हुने भएकाले बयानका विषयमा संसदमा जानकारी गराएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट