काठमाडौं । पूर्वस्वास्थ्य सचिव डा. प्रवीण मिश्रको निधन भएको छ । उनको भारत नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचार हुँदै गर्दा उनको मंगलबार राति निधन भएको हो ।
गत १३ मार्चमा हर्टअट्याकका कारण बाथरुममा लडेपछि उपचारको क्रममा रहेका डा. मिश्रको निधन भएको पारिवारिकले जनाएको हो । यसअघि उनको ५ मार्चमा म्याक्स अस्पतालमै पित्तनलीको शल्यक्रिया गरिएको थियो ।
स्वास्थ्य अवस्था निको भएर घर फर्किएका उनमा फेरि कार्डियक अरेस्ट भएपछि अस्पताल भर्ना भएका थिए । उनी २०६६ सालमा स्वास्थ्य सचिव भएका थिए । उनले २०७१ साउनसम्म स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका थिए ।