काठमाडौं । महालेखापरीक्षकमा तोयम रायमाझी सिफारिस भएका छन् । संवैधानिक परिष्दको आइतबार बिहान बसेको बैठकले रायमाझीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
उनलाई ६ वर्षे कार्यकालका लागि सिफारिस गरिएको परिषद्की सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा रानामगरले जानकारी दिएकी छिन् ।
महालेखा परीक्षकमा सिफारिस भएका रायमाझी राष्ट्रिय तथ्यांक कार्यालयका सचिवकाे जिम्मेवारीमा छन् ।
महालेखापरीक्षक एक वर्षदेखि रिक्त थियो । ७ जेठ २०८० मा महालेखापरीक्षक टंकमणि शर्माको कार्यकाल सकिएपछि महालेखापरीक्षकको कार्यालय नेतृत्वविहीन भएको थियाे ।
यद्दपि, दलहरूबीच सहमति नजुट्दा महालेखापरीक्षक नियुक्ति प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।