रुसमा श्रम स्वीकृति खुला गरिएकोप्रति कांग्रेसकाे आपत्ति : के युवालाई मर्न जाऊ भनेको ?-Sutra News

रुसमा श्रम स्वीकृति खुला गरिएकोप्रति कांग्रेसकाे आपत्ति : के युवालाई मर्न जाऊ भनेको ?

आइतबार, १८ चैत्र २०८०

आइतबार, १८ चैत्र २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रुसमा श्रम स्वीकृति खुला गरिएको प्रति आपत्ति जनाएको छ । आइतबारको संसद बैठकमा कांग्रेसले श्रम स्वीकृति खुला गरिएकोबारे जवाफ दिन सरकारसँग माग गरेको छ ।



कांग्रेस सांसद रमा कोइराला पौडेलले “के रुसमा युवालाई मर्न जाऊ ?” भन्न खोजेको भन्दै प्रश्न गरिन् । उनले रुसको सन्दर्भमा गरिएको श्रम स्वीकृतिलाई रोक्न माग गरिन् ।

“युवा धेरै भएको हो ? मर्नका लागि बाटो खुला गरेर पठाउने सरकारको चाहना हो ?”, सांसद पौडेलले प्रश्न गरेकी छिन्, “युद्धग्रस्त देशमा श्रमिक पठाउने काम बन्द गरोस्, मरे मर जाऊ, अरूको लागि लड, मर भन्ने कस्तो हो ? सरकारलाई प्रश्न छ ।”

लोसपाबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका शरतसिंह भण्डारीले सरकारबाट बिदा हुँदै गर्दा रुसको श्रम स्वीकृति खुला गरिदिएका थिए । एउटा म्यानपावर कम्पनीका लागि उनले फागुन १६ मा सचिवस्तरीय निर्णयमार्फत उक्त निर्णय गराइदिएका थिए ।

जुन समीकरण परिवर्तनसँगै श्रममन्त्री बनेका डोलराज अर्याल (डीपी)ले स्थगित गर्ने तयारी गरिसकेका छन् । उनले छिट्टै उक्त निर्णय रोकिने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट