काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कार्य सम्पादन समितिको बैठक आह्वान गरेका छन् ।
बैठकले इलाम २ को प्रतिनिधिसभा र बझाङ १ प्रदेशसभाको उपनिर्वाचनमा पार्टीबाट उठाउने उम्मेदवारको टुंगो लगाउन बताइएको छ ।
मंगलबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक आह्वान गरिएको हो । बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यको उपस्थिति रहने छ ।
यसअघि नेकपा एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादीलगायत दलले उपनिर्वाचनका लागि उम्मेदवार टुंग्यो लगाइसकेका छन् ।