एक हप्तासम्म बन्द भएको हवाई उडान सुरु-Sutra News

एक हप्तासम्म बन्द भएको हवाई उडान सुरु

आइतबार, १८ चैत्र २०८०

आइतबार, १८ चैत्र २०८०

काठमाडौं । एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा खराब मौसमका कारण उड्न नसकेका जहाजको आइतबार बिहानदेखि खुलेको छ ।



यसअघि लुक्लामा खराब मौसमका कारण सीता, तारा र समिट एअरका जहाज मन्थलीमै एक हप्तादेखि ‘होल्डिङ’ भएका थिए । समयमा खराब मौसमका कारण जहाज नउडेपछि निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नै पर्ने विदेशी पर्यटकलाई हेलिमार्फत सोलुकै सुर्केमा पुर्याइएको थियो ।

आज बिहान ६ बजेदेखि जहाजका लागि लुक्लामा राम्रो मौसम भएकाले उडान सुरु भएको तारा एअर रामेछापका इञ्चार्ज प्रवीण सुवेदीले बताए । मौसम खुलेपछि बिहानैदेखि काठमाडौंबाट सडकमार्ग हुँदै विदेशी पर्यटक मन्थली ल्याउने क्रम जारी छ ।

लुक्लाको मौसमले साथ दिएसम्म आज दिनभर जहाज आलोपालो प्रणालीद्वारा मन्थलीबाट लुक्ला उडान भरिरहने नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट