काठमाडौं । भारतमा आजदेखि सुरु भएको त्रिकोणात्मक टी २० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले ९९ रनको लक्ष्य पाएको छ ।
सिरिज खेल्न भारत भ्रमणमा रहेको नेपाली टोलीविरुद्धको खेलमा भारतको राज्य स्तरीय टोली गुजरातले १८.२ ओभरमा ९८ रन बनाउँदै अलआउट भएको हो ।
नेपालका लागि गुल्सन झा एक्लैले चार विकेट लिए । यस्तै, करण केसीले पनि दुई विकेट हात पारे । नेपालले टस जितेर गुजरातलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।