काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका २ का वडाध्यक्षलाई पक्राउ गरेको छ ।
घर बाटो सिफारिस दिने प्रयोजनका लागि वडाध्यक्ष उजेर अलीलाई घुससहित पक्राउ गरेको हो । उनले एक सेवाग्राहीसँग १५ हजार लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली बुटवलले पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार कार्य कक्षबाटै पक्राउ परेका अलीलाई अख्तियारको हिरासतमा राखिएको छ ।