बागमतीमा माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमालेको निर्देशन-Sutra News

बागमतीमा माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमालेको निर्देशन

सोमबार, १९ चैत्र २०८०

सोमबार, १९ चैत्र २०८०

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सोमबार बस्ने प्रदेशसभा बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।



प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ । जसका कारण बैठकमा अनिवार्य उपस्थित हुन नेता थपलियाले पार्टीका सांसदलाई निर्देशन दिएका हुन् ।

आज १ बजे बस्ने भनिएको बैठक अहिलेसम्म बस्न नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । नेता थपलियाले बैठकमा अनिवार्य उपस्थिति भएर मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न निर्देशन दिए ।

बदलिएको सत्ता समीकरणमा एमाले साझेदार दल भएकाले आफ्ना सांसदलाई मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको पक्षमा मत दिन निर्देशन दिइएको उनको भनाइ छ ।

सत्ता समीकरणअनुसार गत शनिबार मात्रै एमाले बागमती प्रदेश सरकारमा सहभागी भएको थियो । एमालेबाट नेता थपलिया प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट