काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी आयरल्याण्ड ‘ए’विरुद्ध अन्तिम टी २० खेलमा नेपाल ‘ए’का ब्याट्सम्यान आरिफ शेखले अर्धशतक बनाएका छन् ।
दबाबका बीच पाँचौँ नम्बरमा ब्याटिङ गर्न पुगेका शेखले २९ बलमा तीन छक्का र तीन चौका प्रहार गरे ।
शेखले अर्धशतक पूरा गर्दा नेपालले १३.३ ओभरमा चार विकेट गुमाएर ११५ रन बनाएको छ । नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो ।