घर झगडाले नागरिक उन्मुक्तिमा लफडा, बैठकभित्रै नेतामाथि हातपात-Sutra News

घर झगडाले नागरिक उन्मुक्तिमा लफडा, बैठकभित्रै नेतामाथि हातपात

सोमबार, १९ चैत्र २०८०

सोमबार, १९ चैत्र २०८०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा घर झगडाले नेताहरू बैठकमा नै हात हालाहाल भएको छ । सोमबार बसेको बैठकमा दुई पक्षका नेताहरूबीच झडप भएको हो ।



पार्टीको संरक्षण रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षबीच झडप भएको हो । उनीहरू दुई जना श्रीमान-श्रीमती हुन् ।

नेपाली कांग्रेस-नेकपा माओवादी केन्द्रसहित दलहरूको सत्ता गठबन्धन टुटेसँगै नाउपामा श्रीमान-श्रीमती पक्षबीच विवाद सुरु भएको थियो । उनीहरूबीच सत्ता जाने वा नजाने भन्ने मत विभाजित भएसँगै दुई पक्षबीच लामो समयदेखि विवाद भइरहेको ।

पार्टीमा भएको विवादका बीच सोमबार बैठक आह्वान गरिएको थियो । बैठकमा सहभागी भएका नेताहरूबीच झडप भएको नाउपाका केन्द्रीय सदस्य रमेश विश्वकर्माले जानकारी दिए । उनले आफूसहित नेताहरूलाई पार्टी संरक्षक चौधरीले मार्ने धम्की दिएको भन्दै आज पनि आफूहरूमाथि हात हालेको बताए ।

‘रेशम दाइलाई भेट्न जाँदा, उहाँले सुदूरपश्चिममा कमल बहादुर शाहीको सरकार ढल्यो भने तिमीहरू चार जनाको हत्या पनि हुन सक्छ भनेको हुनाले आज म पत्रकार सम्मेलन गर्न आएको हु,’ उनले भने, ‘आजको बैठकमा उहाँले माफी चाहिँ माग्नु भएको हो, हामीलाई माफी मागेर मात्रै हुँदैन, हाम्रो सुरक्षा हुनु आवश्यक छ ।’

यस क्रममा विश्वकर्माले हिजो पार्टी संरक्षक चौधरीले आफूहरूमाथि हातपात गर्ने कुरा बोल्नु भएसँगै सोमबार झडप हुनु शंकास्पद भएको बताए । उनले प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकार्षण गर्दै आफूहरूको सुरक्षा गरिदिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट