आरिफको प्रर्दशनीमा नेपालले दियो २१४ रनको लक्ष्य-Sutra News

आरिफको प्रर्दशनीमा नेपालले दियो २१४ रनको लक्ष्य

सोमबार, १९ चैत्र २०८०

सोमबार, १९ चैत्र २०८०

काठमाडौं । पाँचौ नम्बरमा ब्याटिङ गर्न गएका आरिफ शेखको प्रर्दशनीमा आयरल्याण्ड ‘ए’लाई अन्तिम टी २० खेलमा नेपाल ‘ए’ले सात विकेट गुमाउँदै २१४ रनको लक्ष्य पेश गरेको छ ।



त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दबाबका बीच ४८ बलमा ९३ रन बनाएर नटआउट भए । यस क्रममा उनले सात चौका र ६ छक्का प्रहार गरे ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालको लगातार विकेट पतन भएसँगै कमजोर अवस्थाबाट शेखले सम्मानजनक लक्ष्य प्रस्तुत गरेको हो ।

नेपाल ‘ए’ले पहिलो विकेटका रुपमा ओपनर देव खनाललाई गुमाएको थियो । उनलाई ६ रनको व्यक्तिगत स्कोरमा आयरल्याण्डका बलर फियोन ह्यान्डले विकेट लिएका हुन् ।

नेपालले दोस्रो विकेटका रुपमा लोकेश बमले ८ रन बनाउँदा आउट भएका थिए । कप्तान विनोद भण्डारी ११ रन, बसिर अहमदले १९ रन र रसिद खानले २४ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट