काठमाडौं । बागमती प्रदेश सभाको बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदै छन् ।
दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक सत्ता गठबन्धनका एक सांसद नआएपछि अपराह्न ४ बजेका लागि तय गरिएको थियो ।
प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्य सूची आइतबार तय भइसकेको थियो ।
कांग्रेसले सरकारको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनु पर्ने बाध्याता आएको थियो ।