काठमाडौं । नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’लाई तीन रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा सम्पन्न अन्तिम टी २० खेलमा नेपाल विजयी भएको हो ।
पाँचौ नम्बरमा ब्याटिङ गर्न गएका आरिफ शेखको प्रर्दशनीमा आयरल्याण्ड ‘ए’लाई नेपालले सात विकेट गुमाउँदै २१४ रनको लक्ष्य पेश गरेको थियो । उनले ४८ बलमा ९३ रन बनाएर नटआउट भए । उनले सात चौका र ६ छक्का प्रहार गरे ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालको लगातार विकेट पतन भएसँगै कमजोर अवस्थाबाट शेखले सम्मानजनक लक्ष्य प्रस्तुत गरेको हो ।
नेपाल ‘ए’ले पहिलो विकेटका रुपमा ओपनर देव खनाललाई गुमाएको थियो । उनलाई ६ रनको व्यक्तिगत स्कोरमा आयरल्याण्डका बलर फियोन ह्यान्डले विकेट लिएका हुन् ।
नेपालले दोस्रो विकेटका रुपमा लोकेश बमले ८ रन बनाउँदा आउट भएका थिए । कप्तान विनोद भण्डारी ११ रन, बसिर अहमदले १९ रन र रसिद खानले २४ रन बनाए ।