काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षण रेशम चौधरीले पार्टीभित्र उत्पन्न विवादलाई लिएर आत्महत्या गर्नु पर्ने अवस्था आएको बताएका छन् ।
सोमबार दिउँसो भएको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्याइएको गुनासो गरे । यसअघि पार्टीको बैठकमा नेताहरू नै कुटाकुट भएको थियो ।
उनले आफ्नो पार्टीमा सरकारले हस्तक्षेप गरेको आरोप लगाए । उनले आउँदो २३ र २४ गते बस्ने बैठकले छानिछानी कारबाही गर्ने चेतावनी दिए ।