काठमाडौं । नेपालसहित तीन टोलीको फ्रेण्डसिप कपअन्तर्गत तेस्रो खेलमा नेपालले आज भारतीय टोली गुजरातसँग खेल्दै छ । खेल दिउँसो २ः४५ मा सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा गुजरातलाई नै ८ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा बरोडालाई २७ रनले पराजित गरेको थियो । नेपाल आजको खेलमा विजयी भए एक खेलअगावै फाइनल पुग्ने छ ।
नेपालले शुक्रबार अन्तिम खेल बरोडासँग खेल्ने छ । फाइनल आइतबार हुनेछ । गुजरात पहिलो खेलमा नेपालसँग ९८ रनमा अल आउट भएको थियो ।
नेपालका करण केसीले ४ र गुलशन झाले ३ विकेट लिएका थिए । बरोडाविरुद्ध सन्दीप जोरा र कुशल मल्लले आक्रामक ब्याटिङ गरेका थिए ।