काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। मंगलबार बसेको कम्पनी संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले गत वर्षका मुनाफाबाट हाल कायम चुक्तापूँजीको १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत) गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ता गरेकाे छ ।
प्रस्तावित लाभांशमा हाल कायम चुक्तापूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँबराबरको १०.२५ प्रतिशतले हुन आउने ४६ करोड ६३ लाख ७५ हजार ६९७ रुपैयाँबराबरको बोनस सेयर र २४.७४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७ रुपैयाँबराबरको नगद लाभांश रहेको छ । यसरी कम्पनीले ३५ प्रतिशतले हुन आउने कुल १ अर्ब ५९ करोड ९ लाख ५० हजार २३५ रुपैयाँबराबरको बम्पर लाभांश घोषणा गरेको छ ।
कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुने छ ।