सुनको मूल्यमा फेरि नयाँ रेकर्ड-Sutra News

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

बुधबार, २१ चैत्र २०८०

बुधबार, २१ चैत्र २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । सोमबारको तुलनामा मंगलबार केही घटेको सुनको मूल्यले बुधबार फेरि नयाँ रेकर्ड बनाएको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ३३ हजार रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

महासंघका अनुसार मंगलबारको तुलनामा बुधबारको मूल्य एक हजार आठ सय रुपैयाँले बढी हो ।

यसअघि आइतबार सुनको मूल्यले एक लाख ३० हजारको उच्चतम रेकर्ड बनाएको थियो । लगत्तै सोमबार पुनः एक हजार छ सय रुपैयाँले बढ्दै सुनको मूल्यले एक लाख ३१ हजार छ सय रुपैयाँको नयाँ रेकर्ड बनाएको थियो । मंगलबार चार सय रुपैयाँले घटेपनि बुधबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा भइरहेको बृद्धिको प्रभाव स्थानीय बजारमा परेको हो । अन्तराष्ट्रिय बजारमा देखिएको उतारचढावको स्थितिलाई हेर्दा सुनको मूल्य थप बढ्न सक्ने अनुमान गरिएको छ ।

बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदा चाँदीको मूल्य पनि रेकर्ड राख्नेगरी बृद्धि भएको छ । मंगलबारको तुलनामा एकै पटक तोलामा ६५ रुपैयाँले बढ्दै बुधबार चाँदीको मूल्य एक हजार छ सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट