‘मीरा’को ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको कथा-Sutra News

‘मीरा’को ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको कथा

बुधबार, २१ चैत्र २०८०

बुधबार, २१ चैत्र २०८०

काठमाडौं । फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक गरिएको छ।



यो फिल्मले बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राइभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथा भन्छ । मंगलबार सार्वजनिक ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण कथा देखाइएको छ। साथमा आध्यात्मिक चिन्तनलाई पनि ट्रेलरमा दर्साइएको छ।

फिल्मकी लेखक, निर्देशक तथा प्रमुख अभिनेत्री अनिता पण्डितले अनेकौँ आकाङ्क्षाका बीच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो फिल्मले अहम् भूमिका खेल्ने बताइन्।

‘अटिजम भनेको कुनै रोग होइन । यो कहिल्यै ठिक नहुने भन्ने सोचको विरुद्ध हामीले फिल्ममा कथा उठान गरेका छौँ । अटिजम एक अवस्था मात्र हो र यो अवस्थामा रहेका बच्चालाई आफैले सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने प्रसङ्ग फिल्ममा पाइन्छ ।’ उनले भनिन् ।

फिल्ममा रिलेशनसिपलाई एक्सप्लोर गर्न चाहने एक आमाको संघर्ष पनि फिल्ममा रहेको बताइन् । पण्डितले भनिन्, ‘प्राकृतिक रूपमा नै फरक महसुस गर्ने महिलाहरूको कथा समेत यस फिल्ममा रहेको छ । बच्चाको अटिजम समस्यासँगै रिलेशनसिप एक्सप्लोर गर्न चाहने आमाको कथा यसको प्रमुख कथा हो ।’ यो फिल्ममा अभिनयसँगै लेखन र निर्देशन पण्डितको रहेको छ ।

आश्वि फिल्म्सले फिल्म निर्माण गरेको यस फिल्ममा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको पनि प्रमुख अभिनय रहेको छ । रिलिजबारे भने केही खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट