कमलसिंह ऐरीको ह्याट्रिकमा नेपालले पायो १५८ रनको लक्ष्य-Sutra News

कमलसिंह ऐरीको ह्याट्रिकमा नेपालले पायो १५८ रनको लक्ष्य

बुधबार, २१ चैत्र २०८०

बुधबार, २१ चैत्र २०८०

काठमाडौं । नेपाल ‘ए’का बलर कमलसिंह ऐरीले ह्याट्रिक विकेटमा आयरल्याण्ड ‘ए’ अलआउट भएको छ ।



उनले ३९ औँ ओभरको खेलमा लगातार बलमा तीन ब्याट्सम्यानलाई आउट गरेका थिए । ऐरीको ह्याट्रिक विकेटसँगै नेपाल ‘ए’विरुद्धको पहिलो एक दिवसीयमा आयरल्याण्ड ‘ए’ १५७ रनमा अलआउट भएको हो ।

खेलमा ऐरीले व्यक्तिगत चार विकेट लिए । ३९ औँ ओभरको पहिलो बलमा लियाम म्याककार्थीलाई सहाब आलमको हातबाट ऐरीले क्याचआउट गराए ।

दोस्रो बलमा म्याथु हुम्फ्रेजलाई बोल्ड गरे भने तेस्रो बलमा बेन ह्वाइटलाई पनि बोल्ड आउट गरे । ऐरीले ६.३ ओभर बलिङ गर्दा २१ रन खर्चेर चार विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट