हार्दिक पाण्ड्या भन्छन्- हामी कहिल्यै हार मान्नु हुन्न-Sutra News

हार्दिक पाण्ड्या भन्छन्- हामी कहिल्यै हार मान्नु हुन्न

बुधबार, २१ चैत्र २०८०

बुधबार, २१ चैत्र २०८०

काठमाडौं । अहिले इण्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगिता चलिरहेको छ । प्रतियोगितामा पाँच पटकको विजेता टोली मुम्बाई इण्डियन्सले एउटा खेल जित्न सकेको छैन ।



मुम्बाईलाई पाँच पटक विजेता बनाएका कप्तान रोहित शर्मालाई हटाएसँगै पाण्ड्याले कप्तानको जिम्मेवारीमा रहेका छन् । उनले आफ्नो पहिलो कप्तानीमा गुजरात टाइटनलाई विजेता बनाए । यस्तै, दोस्रो प्रतियोगितामा फाइनल पुर्‍याए ।

टाइटनमा सफल भएका कप्तान पाण्ड्या मुम्बाईमा आएसँगै आलोचना र ट्रोलको शिकार बन्दै आएका छन् । उनको नेतृत्वमा टोलीले लगातार पराजित बेहोर्दै ह्याट्रिक हारको रेकर्ड बनाएको छ । अंक तालिकामा टोली सबैभन्दा तल रहेको छ ।

आफूमाथि हुँदै आएको आलोचना र ट्रोललाई रोक्न पाण्ड्याले खेल जित्नुको विकल्प छैन । यसैबीच उनले आफ्नो खेलको बारेमा प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘तपाईले यस टोलीको बारेमा जान्नु पर्ने एउटा कुरा छ भने, हामी कहिल्यै हार मान्नु हुन्न, हामी लड्दै जान्छौँ, हामी लड्दै जान्छौँ ।’

यसैबीच भारतीय क्रिकेट टोलीका पूर्व अलराउण्डर इरफान पठान मुम्बाईका हार्दिक पाण्ड्याको कप्तानीप्रति आक्रोशित बन्दै आएका छन् ।

पठानले ट्वीटमा भने, “यदि सम्पूर्ण टोली २०० को स्ट्राइक रेटमा खेलिरहेको छ भने कप्तानले १२० को स्ट्राइक रेटमा ब्याटिङ गर्न सक्दैनन् ।” उनले हार्दिक पाण्ड्याको खराब निर्णयको नतिजा सम्पूर्ण टिमले भोग्नु परेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट