सरकारलाई कांग्रेसको अल्टिमेटम- गृहमन्त्रीलाई रोष्ट्रममा पठाइयो भने संसद् अवरोध हुन्छ-Sutra News

सरकारलाई कांग्रेसको अल्टिमेटम- गृहमन्त्रीलाई रोष्ट्रममा पठाइयो भने संसद् अवरोध हुन्छ

बुधबार, २१ चैत्र २०८०

बुधबार, २१ चैत्र २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनको अर्को बैठकमा संसदीय छानबिन समिति गठन नभए जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।



बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति गठन गर्नु पर्ने भन्दै कांग्रेस सांसद उठेर विरोध जनाएका थिए । यस क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसदको आगामी बैठकमा संसदीय छानबिन समिति गठन गर्नु पर्ने अल्टिमेटम दिए ।

महामन्त्री शर्माले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठनको माग कांग्रेसको न्युनतम शर्त रहेको बताए । कांग्रेसले मुद्दा उठाएर यो विषय टुंगिँदै छ भनेर प्रचार भइरहेको भन्दै उनले सत्ता समीकरणको खेलमा कांग्रेस नलाग्ने धारणा राखे ।

उनले कांग्रेसले उठाएका प्रश्न बेवास्ता गर्दै आकस्मिक रुपमा गृह मन्त्रीलाई रोष्ट्रममा पठाइयो भने संसद् अवरोध गर्नु पर्ने परिस्थिति आउने बताए ।

उनले आफूहरूले गृहमन्त्रीको राजीनामा माग गरेको नभई संसदीय छानविन समितिमार्फत आफ्ना विषयमा प्रष्ट पार्ने मौका दिन खोजेको जिकीर गरे ।

गृृहमन्त्रीले आफूमाथि लागेको आरोपबारे सार्वजनिक बहस गर्न तयार भएको भन्दै सिंहदरबारभित्र स्थापना हुने संसदीय छानबिन समितिको कार्यालयमा आएर बहस गर्न चुनौती दिँदै आएका छन् ।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेविरुद्ध छानविन गर्न संसदीय समिति बनाउनु पर्ने भन्दै कांग्रेसले लगातार सदनमा अडान राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट