कर्मचारीको अवकाश ६२ वर्ष बनाउन सांसद भट्टराईको माग-Sutra News

कर्मचारीको अवकाश ६२ वर्ष बनाउन सांसद भट्टराईको माग

बुधबार, २१ चैत्र २०८०

बुधबार, २१ चैत्र २०८०

काठमाडौं । नेकपा एमाले सांसद योगेश भट्टराईले कर्मचारीको उमेर हद बढाउनु पर्ने प्रस्ताव राखेका छन् ।



प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा भाग लिँदै उनले कर्मचारीको उमेर हद बढाउनु पर्ने बताएका हुन् ।

उनले राष्ट्रिय तथ्यांक कार्यालयले १५ वर्षदेखि ६५ वर्ष उमेर समूहलाई कामकाजी मानेको बताउँदै भने भने, ‘अब हामीले अवकाशको उमेर ६०-६२ बाट केही बढाउनु पर्छ, आवश्यकताका कर्मचारीलाई आत्मविश्वास बढाउने र व्यवसायिकतर्फ लैजानु पर्ने देखिन्छ ।’

माथिल्लो तहका कर्मचारीहरू अवकासपछि नियुक्ति खाने व्यवस्था रहेकाले केही समय कुलिङ टाइममा राख्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट